नियम २१
सुरक्षित राख्न

ऐनको दफा १९, दफा २२ को उपदफा (७) र दफा ३१ को उपदफा (५) बमोजिम सरकारी वकीलले मुद्दा नचल्ने निर्णय गरी फिर्ता पठाएको मिसिल तथा दसी प्रमाणका चीज वा वस्तु सम्बन्धित मुद्दामा नालिस गर्ने प्रचलित कानूनको हदम्यादसम्म सम्बन्धित कार्यालयले सुरक्षित राख्नु पर्नेछ र सो म्याद समाप्त भएपछि नगदी वा जिन्सी सामान भएमा त्यसलाई लिलाम गरी बैंक दाखिला गर्नु पर्नेछ र त्यस्ता चीज वा वस्तु हातहतियार वा खरखजाना भए प्रचलित कानूनबमोजिम हातहतियारको अनुमतिपत्र जारी गर्ने कार्यालयमा बुझाउनु पर्नेछ ।